एमाले सचिवालय बैठक फेरि बस्दै, ओलीका दुई आपत्तिमा सहमति जुटेन

एमाले सचिवालय बैठक फेरि बस्दै, ओलीका दुई आपत्तिमा सहमति जुटेन

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज ललितपुरमा बस्दैछ । त्यसअघि निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको प्रतिवेदन टुंगो लगाउन बिहान ९ बजे सचिवालय बैठक बस्न लागेको छ ।

कार्यदलले आइतबार तयार पारेको माइन्युटप्रति अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि प्रतिवेदनमा सहमति जुट्न नसकेको सचिवालय स्रोतले जनाएको छ ।

कार्यदलले महासचिव शंकर पोखरेलले तयार पारेको पहिलो प्रतिवेदनलाई तीन बुँदामा संशोधन गर्दै सचिवालयमा पेश गरेको थियो । तर, १३ समूहबाट प्राप्त सुझावलाई कुनै थपघट नगरी प्रतिवेदनको अनुसूचीमा राख्ने विषयमा ओली सहमत छैनन् ।

त्यस्तै, प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि ओलीको आपत्ति रहेको स्रोतको भनाइ छ ।

कार्यदलमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल र सचिव डा. राजन भट्टराईसहित बहुमत सदस्य ओलीका आपत्ति सम्बोधन गर्न तयार नभएपछि आइतबारको बैठक स्थगित भएको थियो ।
आजको सचिवालय बैठकमा पनि यी दुई विषयमा सहमति जुट्ने सम्भावना कम रहेको एक सचिवालय पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुम्बईमा टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते!
1 हप्ता अगाडि

मुम्बईको जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार ...

छुटाउनुभयो कि ?

TOP