चर्चामा
झापा। झापामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्ध आजदेखि खोप अभियान सुरु भएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका ४ लाख ८५ हजार ५५ जनालाई खोप लगाइने लक्ष्य राखिएको छ। अभियानका लागि ५ लाख ७० हजार डोज खोप प्राप्त भइसकेको छ।
जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरिएको छ। अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका तथा ३ हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लामा जेई सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कतासहित खोप अभियान सञ्चालन गरिएको हो।
हालसम्म झापामा १३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गर्भवती, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी भएका व्यक्ति तथा खोपका कुनै तत्वबाट गम्भीर एलर्जी भएकाले खोप लगाउन नहुनेछ। ज्वरो आएको अवस्थामा भने निको भएपछि खोप लगाउन सकिने जनाइएको छ।
जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमित चराचुरुङ्गी वा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा संक्रमण सर्ने गर्दछ।
मुम्बईको जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!