बाढीपीडितका लागि अख्तियारका कर्मचारीद्वारा ६१ लाखभन्दा बढी सहयोग

बाढीपीडितका लागि अख्तियारका कर्मचारीद्वारा ६१ लाखभन्दा बढी सहयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६१ लाख ६२ हजार ५०८ रुपैयाँ ७४ पैसा जम्मा गरेका छन्।

आयोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिपछि सहयोगस्वरूप उक्त रकम संकलन गरिएको हो।

विज्ञप्तिअनुसार आयोगका पदाधिकारीको १५ दिन, सचिवको १० दिन, सहसचिव तथा सो सरहका कर्मचारीको १० दिन, उपसचिव तथा शाखा अधिकृतको ७ दिन, राजपत्र अनंकित कर्मचारीको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरी रकम संकलन गरिएको जनाएको छ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

धनुषामा आगलागी हुँदा ९ लाखको क्षति
1 हप्ता अगाडि

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका-९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ...

छुटाउनुभयो कि ?

TOP