धनुषामा आगलागी हुँदा ९ लाखको क्षति

धनुषामा आगलागी हुँदा ९ लाखको क्षति

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका-९ मा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार बिहान ११ः३० बजे स्थानीय देवकुमारी बरालको घरमा आगलागी भएको हो। प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो १२ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट लत्ताकपडा, खाद्यान्न, फ्रिज, सुनका गरगहना र नगद २ लाख ४० हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP