महावीर पुनको प्रस्ताव : जोखिममा रहेको बेनीबाट सदरमुकाम सारौँ

महावीर पुनको प्रस्ताव : जोखिममा रहेको बेनीबाट सदरमुकाम सारौँ

म्याग्दी । नदी कटान र बाढीपहिरोको जोखिम बढ्दै गएपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारलाई सुरक्षित स्थानमा सार्ने प्रस्ताव गरेका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँग भएको छलफलमा मन्त्री पुनले जोखिमयुक्त क्षेत्रमा संरक्षणका प्रयास मात्रै पर्याप्त नहुने भन्दै सदरमुकाम स्थानान्तरणको विकल्पमा पनि छलफल गर्नुपर्ने बताएका हुन्।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका-८ गणेशटोल क्षेत्रमा बनाइएको पक्की तटबन्ध भत्काएको थियो। बेनीको भिरालो पाखामा जमिन चर्किएर पहिरोसमेत खस्न थालेपछि बजारको सुरक्षाबारे चिन्ता बढेको छ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नदी कटान र पहिरो नियन्त्रण गरी सदरमुकाम सुरक्षित बनाउन प्रदेश र संघीय सरकारसँग सहयोग मागेका छन्। आगामी वर्षायामअघि नै आवश्यक रोकथामका काम गर्नुपर्ने उनको भनाइ छ।

मन्त्री पुनले कालीगण्डकी, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्बाट क्षति पुगेका निजी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले काम अघि बढाएको जानकारी दिए। उनले तीन तहका सरकारबीच समन्वय गरेर काम गर्न आग्रह गर्दै प्रभावित स्थानीय तहलाई २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय भएको पनि बताए।

बैठकमा सहभागी जनप्रतिनिधिहरूले वर्षायामअघि नै जोखिम न्यूनीकरणका काम सम्पन्न गर्न स्पष्ट योजना र पर्याप्त बजेट आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP