टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या, राष्ट्रपतिद्वारा छानबिनको निर्देशन!

टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सरको गोली हानी हत्या, राष्ट्रपतिद्वारा छानबिनको निर्देशन!

टिकटकमा लाइभ प्रसारण गरिरहेका मेक्सिकन इन्फ्लुएन्सर सेजार गास्तेलुमको कुलियाकानमा गोली हानी हत्या गरिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले पार्किङ क्षेत्रमा बसिरहेका गास्तेलुममाथि अन्धाधुन्ध गोली प्रहार गरी घटनास्थलबाट फरार भएका थिए। उक्त आक्रमण टिकटक लाइभकै क्रममा भएको बताइएको छ।

घटनापछि सुरक्षाकर्मीले घटनास्थलको अनुसन्धान सुरु गरेका छन् भने आक्रमणकारीहरूको खोजी तीव्र बनाइएको छ।

यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै मेक्सिकोकी राष्ट्रपतिले तत्काल विस्तृत छानबिन गर्न र दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

यस घटनाले मेक्सिकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताको सुरक्षा र हिंसात्मक अपराधबारे पुनः गम्भीर बहस सुरु भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP