मानव बेचबिखन मानवसभ्यताको कलंक, रोकथाममा सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री शाह

मानव बेचबिखन मानवसभ्यताको कलंक, रोकथाममा सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखनलाई मानव सभ्यताकै कलंक तथा विश्वव्यापी संगठित अपराधको रूपमा चित्रण गर्दै यसको नियन्त्रण र उन्मूलनका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनले मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने उल्लेख गरेका छन्। उनले महिला, बालबालिका तथा जोखिममा रहेका समुदायहरू यस अपराधबाट बढी प्रभावित हुने भएकाले उनीहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले मानव बेचबिखन नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनी व्यवस्था कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाइने बताएका छन्।

उनले मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सरकारी निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै दिवसले यस अपराधविरुद्ध थप सचेतना फैलाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
6 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP