कैलाली। कैलालीको कैलारी गाउँपालिका–७ स्थित पुरानो भुईयाफाटाको तीनकुने क्षेत्रबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र करिब एक किलो चरेश बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुईयाफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले विशेष गस्तीका क्रममा उक्त अवैध सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बाटो छेउको झाडीबाट मानिसहरू बोलेको आवाज आएपछि टोलीले टर्चलाइटको सहायताले निगरानी गरेको थियो। प्रहरीको उपस्थिति महसुस गरेलगत्तै केही व्यक्ति घटनास्थलबाट फरार भएका थिए।
त्यसपछि गरिएको खानतलासीका क्रममा कालो प्लास्टिकमा बेरेर फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल र अन्दाजी एक किलो चरेश फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको पेस्तोल र चरेश आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!