काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङ क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान करिब ९:३० बजे पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएसँगै नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण तातोपानी नाका हुँदै हुने सवारी आवागमन र ढुवानी सेवा पूर्ण रूपमा ठप्प भएको छ।
प्रहरीका अनुसार सडक भासिएको र माथिबाट तत्काल खन्न मिल्ने अवस्था नरहेकाले वाल (रिटेनिङ संरचना) निर्माण नगरी सडक सञ्चालन गर्न कठिन हुने देखिएको छ।
पहिरो हटाउने र सडक पुनः सञ्चालन गर्ने प्रयास जारी रहे पनि हालसम्म आवागमन खुल्न सकेको छैन। यात्रु तथा चालकलाई वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको स्याफ्रु बजारमा ठूलो क्षति पुर्‍याएको छ। बा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!