भोटेकोशीको बाढीले स्याफ्रु चार टुक्रा, ९१ वर्षीय दावाको परिवारका ७ जना बेपत्ता

भोटेकोशीको बाढीले स्याफ्रु चार टुक्रा, ९१ वर्षीय दावाको परिवारका ७ जना बेपत्ता

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको स्याफ्रु बजारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले बजारका घर, पुल तथा सडक बगाएपछि स्याफ्रु चार भागमा विभाजित भएको छ भने यातायात तथा सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ।

बाढीले ठूलो मानवीय क्षति पुर्‍याइरहेका बेला भार्खुका ९१ वर्षीय दावा फिन्जो तामाङको परिवारमा झन् ठूलो बज्रपात परेको छ। तामाङका अनुसार उनका छोरा, बुहारी, नाति, नातिनीबुहारी, पनाति र एक कामदारसहित परिवारका सात जना बाढीमा बेपत्ता छन्।

गोसाइकुण्ड गाउँपालिकाका अनुसार स्याफ्रुमा करिब २ हजार ४ सय ६२ जनसंख्या रहेको छ। बाढीपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीमा वडाध्यक्ष दावा मिङ्मार तामाङ र गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङसमेत बेपत्ता रहेको गाउँपालिकाले जनाएको छ।

बाढीले सडक, पुल र भौतिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसमेत चुनौतीपूर्ण बनेको छ। परिवारका सदस्यहरू बेपत्ता भएपछि आफन्तहरू उनीहरूको खोजी र सकुशल उद्धारको आशामा छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP