काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढीबारे संसद्मा उठेका प्रश्नको जवाफ दिँदै उक्त घटना पूर्वअनुमानभन्दा बाहिरको विपद् भएको बताएका छन्।
संसद्मा बाढी आउनुअघि समयमै सूचना किन प्रवाह हुन सकेन भन्ने प्रश्न उठेपछि प्रधानमन्त्री शाहले विपद्को प्रकृति र परिस्थितिका कारण घटना पूर्वअनुमानभन्दा बाहिर रहेको स्पष्ट पारे।
बाढीपछि पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक अभिलेखीकरण गरिएको र मृतकको डीएनए सुरक्षित राखेर व्यवस्थापन गरिएको उनले बताए। पछि पहिचान खुलेपछि सम्बन्धित परिवारलाई शव जिम्मा लगाउने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्को सुरुवातदेखि नै अन्तर्राष्ट्रिय सहयोग र उद्धार प्रयासमा आवश्यक समन्वय गरिएको पनि बताए। प्रभावित विद्युत् आयोजनाका सुरुङभित्र समेत नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।
सरकारले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, शव व्यवस्थापन तथा राहत कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रधानमन्त्री शाहले संसद्लाई जानकारी गराएका छन्।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!