काठमाडौं। निलकमल ह्युमन रिसोर्सेज प्रालिले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नै कार्यालय भवनमा केक काटेर स्थापना दिवस मनाएको थियो भने प्रकाश आश्रममा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष मेघनाथ भुर्तेलले उपस्थित अतिथि, कर्मचारी, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति हार्दिक आभार व्यक्त गर्दै संस्थाको निरन्तर प्रगति र सेवाप्रतिको प्रतिबद्धता दोहोर्याएका थिए। कार्यक्रममा कर्मचारी, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले संस्थाको उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिक बहादुर खत्री ले संस्थाको १८औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगार क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन व्यवसायीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
कम्पनीका प्रबन्ध निर्देशक जयराम भुर्तेलले १८ वर्षको यात्रामा कम्पनीलाई विश्वास गर्ने सेवाग्राही, कर्मचारी र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, पारदर्शी र जिम्मेवार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्वलाई संस्थाको प्रमुख प्राथमिकतामध्ये एक बनाउँदै श्रमिक र उनीहरूको परिवारको हितमा निरन्तर काम गर्ने बताए।
सोही अवसरमा निलकमल ह्युमन रिसोर्सेजले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका एक व्यक्ति तथा नेपाल फर्किएपछि उपचारका क्रममा मृत्यु भएका अर्का एक व्यक्तिका परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विष्णु माया पौडेलले गरेकी थिइन्। रक्तदान कार्यक्रमसहित सम्पन्न वार्षिकोत्सवले सामाजिक उत्तरदायित्वप्रति संस्थाको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका प्रभु बैंक टिमुरे शाखाका कर्म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!