भोटेकोशी बाढीले उत्तरगयामा सयौँ परिवार घरबारविहीन, बालबालिका अभिभावकको पर्खाइमा

भोटेकोशी बाढीले उत्तरगयामा सयौँ परिवार घरबारविहीन, बालबालिका अभिभावकको पर्खाइमा

रसुवा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, विद्यालय तथा बस्ती बगाउँदा सयौँ परिवार घरबारविहीन भएका छन् भने झन्डै सय बालबालिका अभिभावकविहीन बनेका छन्।

बाढीपछि शिवालय आधारभूत विद्यालयमा आश्रय लिइरहेका ९ वर्षीया भुजना तामाङ र १० वर्षीया अप्सरा तामाङ आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएपछि उनीहरू फर्केर आउने आशामा बसिरहेका छन्।

बाढीले उत्तरगयाका तीनवटा विद्यालयका संरचनासमेत ध्वस्त बनाएको छ। नीलकण्ठ माध्यमिक विद्यालयसहितका विद्यालय प्रभावित हुँदा करिब दुई सय विद्यार्थी तथा चार शिक्षक–कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

बाढीका कारण विस्थापित बालबालिका तथा परिवारलाई तत्काल सुरक्षित आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग आवश्यक देखिएको छ। सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन स्थानीयवासी र सुरक्षाकर्मीहरू सक्रिय छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP