काठमाडौ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङ्टनमा भएको उच्चस्तरीय भेटवार्ताले रुस–युक्रेन युद्ध अन्त्यको सम्भावनालाई फेरि चर्चामा ल्याएको छ। भेटमा युक्रेनको हवाई सुरक्षालाई बलियो बनाउने, प्याट्रियट मिसाइल उत्पादन विस्तार गर्ने तथा शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
युद्ध मैदानमा भने स्थिति अझै तनावपूर्ण छ। रुसले हालै युक्रेनमाथि दर्जनौं मिसाइल र सयौं ड्रोन प्रहार गरेको छ। युक्रेनले थप हवाई प्रतिरक्षा प्रणालीको माग गरिरहेको छ भने अमेरिका र युरोपेली साझेदारहरू त्यसबारे छलफलमा जुटेका छन्।
यसैबीच युद्धको असर छिमेकी देशहरूमा समेत देखिन थालेको छ। रुसबाट प्रहार गरिएको एक क्रुज मिसाइल पोल्याण्डको भूमिमा खसेपछि नाटो सतर्क बनेको छ। नाटोले आफ्नो सदस्य राष्ट्रहरूको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने चेतावनी दिएको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला कूटनीतिक गतिविधिले शान्ति वार्ताको ढोका खोल्न सक्ने सम्भावना देखिए पनि युद्ध अन्त्य तत्काल हुने संकेत भने देखिएको छैन। रुस र युक्रेन दुवै पक्ष अझै आफ्नो अडानमा कायम छन्।
काठमाडौं । सम्पत्ति शुद्धिकरण, बीमा ऐन र धितोपत्र सम्बन्धी कसूर लगायतका मुद्दामा फरार रहेकी हिमालयन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!