काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित क्षेत्रका उद्धारकर्मी, राहतकर्मी तथा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भदौ १० गते तिब्बततर्फबाट आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत कार्य जारी रहेका बेला आइतबार बिहानदेखि फेरि बाढीको बहाव बढेको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीको जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ। भोटेकोशीबाट आएको बाढीका कारण त्रिशूली नदीमा पानीको सतह बढेको बताइएको छ।
महाशाखाले गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यसैबीच, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीको जलसतहले पनि सतर्कता तह पार गरेको जनाइएको छ। सम्बन्धित निकायहरूले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन आग्रह गरेका छन्।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!