हिमालयन रिइन्स्योरेन्सकी पूर्व सीईओ उपासना पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्व सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धिकरण, बीमा ऐन र धितोपत्र सम्बन्धी कसूर लगायतका मुद्दामा फरार रहेकी हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।

प्रहरीका अनुसार पौडेललाई बिहीबार काठमाडौंको बबरमहल क्षेत्रबाट पक्राउ गरिएको हो। उनीविरुद्ध विभिन्न फौजदारी कसूरमा नेपाल सरकारले गत जेठ २८ गते विशेष अदालत तथा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

अनुसन्धानका क्रममा बयानका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि प्रहरी प्रतिवेदनमा उनलाई फरार अभियुक्तका रूपमा उल्लेख गरिएको थियो।

पौडेलमाथि हिमालयन रिइन्स्योरेन्सको लगानी अपचलनसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि धरपकड प्रक्रिया अघि बढ्नुअघि नै उनी उपचारको बहानामा भारत गएको बताइएको थियो।

पक्राउ परेकी पौडेललाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

एलपी ग्यास उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा संघको आपत्ति
5 घण्टा अगाडि

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...

छुटाउनुभयो कि ?

TOP