काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका विषयमा वार्ता भइरहेको दाबी गरेका छन्। लगातार तेस्रो दिनसम्म दुवै पक्षबाट कुनै सैन्य आक्रमण नभएको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
ट्रम्पले वार्ताबाट सकारात्मक परिणाम ननिस्किए अमेरिकाले पुनः युद्धविरामअघिको सैन्य रणनीति अपनाउन सक्ने चेतावनी दिएका छन्। तर इरानले भने वासिङ्टन र तेहरानबीच कुनै प्रत्यक्ष वार्ता नभएको दाबी गर्दै अमेरिकी भनाइलाई अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार वार्ताको वातावरण बिग्रिन नदिन उनले गत शुक्रबार इरानमाथि हुने अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गरेका थिए। अमेरिकी आक्रमण रोकिएपछि इरानले पनि प्रतिआक्रमण नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुई सातासम्म चलेको तीव्र सैन्य तनाव, दैनिक हवाई आक्रमण र प्रतिआक्रमणपछि अहिले देखिएको शान्त अवस्थालाई युद्धविरामतर्फको संकेतका रूपमा हेरिएको छ। यसअघि गत जुनमा भएको युद्धविराम निरन्तर आक्रमणका कारण प्रभावहीन बनेको थियो।
अमेरिकी सेनाले इरानको होर्मुज जलमार्गमार्फत अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर पार्ने क्षमतामाथि कारबाही गरिएको दाबी गर्दै आएको छ। होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिन्छ।
यसैबीच, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी सेनासँग राष्ट्रपतिका सबै रणनीतिक उद्देश्य पूरा गर्न पर्याप्त हतियार, गोला–बारुद र सैन्य भण्डार रहेको बताएकी छन्। उनले “अपरेसन एपिक फ्युरी” ले अमेरिकालाई चुनौती दिने शक्तिहरूलाई स्पष्ट सन्देश दिएको दाबी गरिन्।
अमेरिकी हतियार भण्डार कमजोर बन्दै गएको चर्चा भइरहेका बेला ह्वाइट हाउसले भने सैन्य तयारी र क्षमतामाथि कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ। इरान–अमेरिका सम्बन्धमा देखिएको पछिल्लो शान्त अवस्थाले मध्यपूर्वमा थप द्वन्द्व रोक्ने आशा जगाएको भए पनि वार्ताको नतिजा अझै अनिश्चित रहेको विश्लेषण गरिएको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबारे जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!