ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको खोज तथा उद्धार, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। बैंकले उक्त रकम *‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’*मा प्रदान गर्ने जनाएको छ। भोटेकोशीको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण सयौँ नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा ठूलो संख्यामा परिवार विस्थापित भएको बैंकले जनाएको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत व्यापक क्षति पुर्याएको छ। बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने उक्त सहयोगबाट बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुग्नेछ ! बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनमा समवेदना तथा बेपत्ताहरूको शीघ्र खोजी हुनुपर्नेमा जोड दिएको छ ! ग्लोबल आइएमई बैंकले यसअघि पनि बाढी, पहिरो, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्दै आएको जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!