बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग !

बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग !

काठमाडौँ । चर्चित गायिका बेनिशा पौडेलले भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित नागरिकहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् । बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति भइरहेका बेला गायिका पौडेलले पीडित परिवारको घाउमा मलम लगाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यमा सघाउन सरकारी कोषमा उक्त रकम सहयोग गरेकी हुन् । आफूले सहयोग गरेको सामाजिक सञ्जालबाट जानकारी गराउँदै गायिका पौडेलले सामाजिक सञ्जालमार्फत विपद्को यस कठिन र विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP