बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई चकलेटको प्रलोभन देखाएर यौन हिंसापछि हत्या गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १६ वर्षीय किशोर र म्याजिकका धनी २४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको मृत्युको वास्तविक कारण तथा घटनामा पक्राउ परेकाहरूको संलग्नताबारे थप अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!