काठमाडौ ।पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल सरकारका उपसचिव शेरबहादुर बिसिले स्वर्गीय आमाको १३औँ पुण्यतिथिको अवसरमा मातृवियोगको कठिन घडीमा आफू र आफ्नो परिवारलाई साथ, सान्त्वना र समवेदना व्यक्त गर्ने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
आज शुक्रबार परेको १३औँ पुण्यतिथिमा बिसिले प्रत्यक्ष भेटघाट, टेलिफोन, सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, इष्टमित्र, सहकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शुभेच्छुक तथा सर्वसाधारण सबैलाई धन्यवाद दिएका हुन्।
उनले मातृवियोगको पीडादायी क्षणमा प्राप्त भएको आत्मीय साथ, सद्भाव र समवेदनाले आफू र परिवारलाई दुःख सहने शक्ति प्रदान गरेको उल्लेख गर्दै यस कठिन समयमा साथ दिने प्रत्येक व्यक्तिप्रति सम्मान र आभार प्रकट गरेका छन्।
बिसिकी ८० वर्षीया आमा लामो समयदेखि Pancreatic Cancerबाट पीडित थिइन्। उनको चितवन, काठमाडौं तथा नेपालगञ्जका विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिए पनि उपचारकै क्रममा गत असार १ गते निधन भएको थियो। स्वर्गीय आमाको अन्तिम संस्कार कञ्चनपुरस्थित महाकाली नदी किनारमा सम्पन्न गरिएको थियो।
इमानदार, कर्तव्यनिष्ठ र जनमुखी प्रशासकका रूपमा परिचित बिसि हाल पालुङटार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। यसअघि उनले टोखा नगरपालिकामा समेत लामो समय सेवा प्रदान गरेका थिए। सेवाग्राहीमैत्री कार्यशैली र जिम्मेवारीप्रतिको उच्च प्रतिबद्धताका कारण उनी सहकर्मी र सर्वसाधारणमाझ सम्मानित मानिन्छन्।
मातृवियोगको समाचार सार्वजनिक भएपछि देशका विभिन्न भागबाट राजनीतिक नेतृत्व, प्रशासनिक क्षेत्र, सामाजिक अभियन्ता, पत्रकार, मित्र तथा शुभेच्छुकहरूले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए।
१३औँ पुण्यतिथिको अवसरमा बिसिले पुनः एकपटक स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा साथ, सहयोग र समवेदना व्यक्त गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
रेड मिडिया परिवारले पनि स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै प्रमुख प्रशासकीय अधिकृत बिसि तथा सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनसँग सम्बन्धित भाडा बक्यौता रकम असुलीमा उल्लेखनीय प्रगति भएको छ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!