मन्त्रालयका अनुसार हालसम्म कुल ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ भाडा बक्यौता असुल गरिएको छ। लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कम्पनीहरूलाई ताकेता गरिएपछि असुली प्रक्रिया प्रभावकारी बनेको जनाइएको छ।
बक्यौता रकम नतिर्ने कम्पनीहरूमाथि कडा कदमसमेत चालिएको छ। भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत् सेवा काटिएको मन्त्रालयले जनाएको छ। यस कदमले अन्य बक्यौतावालाहरूलाई पनि रकम बुझाउन दबाब सिर्जना गरेको बताइएको छ।
सरकारले औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूलाई समयमै भाडा तथा अन्य दायित्व भुक्तानी गर्न आग्रह गर्दै बक्यौता असुली अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ। मन्त्रालयले नियमविपरीत बक्यौता कायम राख्ने उद्योगहरूमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही जारी रहने स्पष्ट पारेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट भारतको भूमि मिचिएको भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवाद अझै ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!