विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च पुगिन् दोमाया, थुनामुक्तिको माग

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च पुगिन् दोमाया, थुनामुक्तिको माग

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्।

दोमायाले विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न आदेश जारी गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन्।

रिट निवेदनमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा सुर्खेत प्रहरीलाई विपक्षी बनाइएको छ।

निवेदनमाथि सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।

यसअघि विशेष अदालतले मंगलबार पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको थियो।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई सोही राति स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो भने मंगलबार अदालतमा उपस्थित गराइएको थियो।

पक्राउ र अनुसन्धान प्रक्रियालाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा चासो बढिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP