मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१ स्थित परोपकार घाटमा आइतबार राति केही युवाहरूले शव जलाउने चितास्थलमा आगो बालेर होहल्ला गर्दै पूजा गरेका थिए। स्थानीयले उनीहरूको गतिविधिलाई शंकास्पद र अश्लील भन्दै प्रहरीलाई जानकारी गराएका थिए।
पक्राउ पर्नेहरूमा विराटनगर-६ का ४० वर्षीय सुरेन्द्रमणि मण्डल, विराटनगर–४ का ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरीको रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ का १८ वर्षीय मनिष काफ्ले रहेका छन्।
प्रहरीका अनुसार आइतबार राति छ जनाको समूहले चितास्थलमा आगो बालेर बसेको थियो। स्थानीयले खिचेको भिडियोमा केही व्यक्ति निर्वस्त्र तथा अर्धनग्न अवस्थामा देखिएका छन्। उनीहरू एकअर्कासँग धकेलाधकेल गर्ने, अश्लील शब्द प्रयोग गर्ने तथा चितास्थलको खरानी शरीरमा दल्ने जस्ता गतिविधिमा संलग्न रहेको भिडियोमा देखिन्छ।
घटनास्थलमा माटोका घैला, पानीका बोतल, दाउरा लगायतका सामग्रीसमेत भेटिएको प्रहरीले जनाएको छ। शव जलाउने स्थानमा भएको यस्तो गतिविधिले स्थानीयबासी त्रसित बनेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मदिराको नशामा ‘बाबा बन्ने’ भन्दै अश्लील हर्कत गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनले भने, “आइतबार पनि यस्तै गतिविधि भएको सूचना आएको थियो। सोमबार फेरि त्यही गतिविधि दोहोर्याउने तयारी देखिएपछि नियन्त्रणमा लिएका हौं।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!