नक्कली डाक्टरको भेषमा बिरामी उपचार गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ !!!

नक्कली डाक्टरको भेषमा बिरामी उपचार गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ !!!

आफूलाई चिकित्सक भनेर चिनाउँदै बिरामीको उपचार गरिरहेका एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चन्द्रागिरी नगरपालिका-८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय चेतन ए.एम. (पौडेल) लाई पक्राउ गरेको हो। उनी नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई आधुनिक चिकित्सा अभ्यास गरिरहेको आरोप छ। नेपाल मेडिकल काउन्सिलले गरेको अनुगमन तथा छानबिनका क्रममा उनले आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गरी बिरामीको जाँच, निदान तथा उपचार गरिरहेको पाइएको जनाएको छ। साथै उनले दर्ता प्रमाणपत्रबिनै औषधि सिफारिस गर्दै प्रेस्क्रिप्सनसमेत जारी गर्दै आएको खुलेको छ। काउन्सिलको प्रतिवेदनपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो। अदालतबाट अनुमति लिएर उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनीविरुद्ध ‘इलाज सम्बन्धी कसूर’ अन्तर्गत अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ। स्वास्थ्य क्षेत्रमा यस्ता गतिविधिले बिरामीको ज्यान र स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई चिकित्सकको योग्यता र दर्ता विवरण बुझेर मात्रै उपचार सेवा लिन आग्रह गरेका छन्।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP