लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको धमाकेदार सुरुआत, अल्जेरिया ३–० ले पराजित

लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको धमाकेदार सुरुआत, अल्जेरिया ३–० ले पराजित

काठमाडौ ।कप्तान लियोनल मेसीको जादुयी ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप २०२६ मा शानदार सुरुआत गरेको छ। बुधबार कानसास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै समूह ‘जे’ मा विजयी सुरुआत गरेको हो।

मेसीले खेलको १७, ६० र ७६ औं मिनेटमा तीन गोल गर्दै एकल प्रदर्शनमार्फत टोलीलाई जित दिलाए। पहिलो गोल उनले पेनाल्टी एरियाबाहिरबाट शक्तिशाली प्रहारमार्फत गरे। दोस्रो गोलमा एलेक्स म्याक एलिस्टरको प्रहार गोलरक्षकले रोके पनि फर्किएको बलमा मेसीले सहजै गोल गरे। तेस्रो गोल पनि पेनाल्टी एरियाबाहिरबाट गरिएको उत्कृष्ट प्रहारबाट सम्भव भयो।

यस जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ। मेसीले विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन्। साथै, उनले अर्जेन्टिनाका लागि आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका छन्। उनी छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी समेत बनेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीमानको कुटाइः श्रीमतीको मृत्यु
1 हप्ता अगाडि

दोधारा चाँदनी कञ्चनपुर, ३२ असारसोच्नै सकिँदैन । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएक ...

छुटाउनुभयो कि ?

TOP