काठमाडौ ।हिन्दु धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिने साउन महिना सुरु भएसँगै काठमाडौंस्थित पशुपतिनाथ मन्दिर मा लाखौं भक्तजनको भीड लाग्ने तयारी पूरा भएको छ। भगवान् शिवको आराधनाका लागि सबैभन्दा शुभ मानिने यस महिनामा विशेषगरी प्रत्येक सोमबार देश–विदेशबाट श्रद्धालुहरू पशुपतिनाथ दर्शन गर्न पुग्ने गर्छन्।
भक्तजनको सहज र सुरक्षित दर्शनका लागि पशुपति क्षेत्र विकास कोष ले दर्शन व्यवस्थापन, सरसफाइ, लाइन व्यवस्थापन, खानेपानी तथा अन्य आवश्यक पूर्वाधारको तयारी पूरा गरेको जनाएको छ। गुठीसँग सम्बन्धित निकायहरूले धार्मिक विधि–विधान सञ्चालनका लागि आवश्यक समन्वय गरेका छन्।
दर्शनार्थीको ठूलो भीडलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले सुरक्षा तथा सवारी व्यवस्थापनको विशेष योजना लागू गरेका छन्। नेपाली सेना पनि मेडिकल टोली, एम्बुलेन्स र आवश्यक स्वास्थ्य उपकरणसहित तयारी अवस्थामा रहनेछ। स्थानीय क्लब तथा सामाजिक संघसंस्थाहरूले निःशुल्क खानेपानी, प्राथमिक उपचार र स्वयंसेवा उपलब्ध गराउने भएका छन्।
धार्मिक मान्यताअनुसार साउन महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना हो। यस महिनाभर विशेषगरी सोमबार व्रत बस्ने, शिवलिङ्गमा जल, दूध, बेलपत्र र धतुरो चढाएर पूजा गर्ने परम्परा छ। श्रद्धापूर्वक पूजा–आराधना गरे मनोकामना पूरा हुने, सुख–समृद्धि, पारिवारिक शान्ति र उत्तम स्वास्थ्य प्राप्त हुने विश्वास रहिआएको छ।
यही धार्मिक आस्था र परम्पराका कारण प्रत्येक वर्ष साउन महिनाभर पशुपतिनाथमा लाखौं भक्तजनको उपस्थिति रहने गर्दछ। यस वर्ष पनि ठूलो संख्यामा दर्शनार्थी आउने अपेक्षासहित सम्बन्धित सबै निकायले सुरक्षा, स्वास्थ्य, सरसफाइ र सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सम्पूर्ण तयारी पूरा गरेका छन्।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!