काठमाडौं।आज साउन महिनाको पहिलो दिन देशका विभिन्न जिल्लामा परम्परागत लुतो फाल्ने दिन मनाइँदै छ। साँझपख स्थानीयवासीहरूले मशाल तथा परम्पराअनुसार प्रयोग गरिने झारपात बाल्दै "लैजा लुतो, लैजा लुतो" भन्दै गाउँ–टोल परिक्रमा गरी गाउँको सीमाबाहिर पुर्याएर लुतो फाल्ने चलन छ।
यो परम्परा विशेषगरी पहाडी समुदायमा प्रचलित छ। जनविश्वासअनुसार यसरी लुतो फाल्दा दाद, लुतो, चिलाउनेलगायत छालासम्बन्धी रोग तथा अशुभ प्रभाव हट्ने विश्वास गरिन्छ।
संस्कृतिविद्हरूका अनुसार लुतो फाल्ने परम्परा वर्षायाममा बढ्ने छालासम्बन्धी रोगबाट सावधानी अपनाउन प्रेरित गर्ने सांस्कृतिक अभ्यासका रूपमा पुस्तौंदेखि निरन्तर चल्दै आएको हो।
यद्यपि स्वास्थ्यकर्मीहरूले छालासम्बन्धी समस्या देखिएमा परम्परागत अभ्यासमा मात्र भर नपरी स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन्।
आज साँझ देशका विभिन्न गाउँ–बस्तीमा "लैजा लुतो, लैजा लुतो" भन्ने आवाजसँगै यो परम्परा मनाइने तयारी गरिएको छ।
चितवन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग सात घ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!