बजेटमाथिको छलफलका क्रममा रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयलगायतका शीर्ष निकायहरूको विषयमा छलफल चलिरहेको थियो। तर सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै मन्त्रीहरूको खोजी गरेका थिए।
सांसदहरूको दबाबपछि सभामुखले दुवै दिन करिब १५ मिनेटका लागि बैठक स्थगित गर्न बाध्य हुनुपरेको थियो। यस क्रममा सोमबार र मंगलबार लगातार मन्त्री अनुपस्थितिको विषयले संसद् तातिएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम ६ को उपनियम ५ अनुसार सम्बन्धित मन्त्रालयको विषयमा छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ। तर सोही नियम कार्यान्वयन नभएको भन्दै सांसदहरूले कडा आपत्ति जनाएका छन्।
मंगलबारको कार्यसूचीमा विज्ञान तथा प्रविधि मन्त्रालयदेखि लिएर गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालयको बजेटमाथि छलफल तय भए पनि मन्त्रीहरू उपस्थित नभएपछि बैठक प्रभावित भएको हो।
यस घटनाले संसद्को कार्यप्रणाली र बजेट छलफल प्रक्रियामाथि प्रश्न उठाएको छ।
काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!