कास्कीका दुग्ध किसानका लागि खुसीको खबर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषकलाई अनुदानमा दूध चिस्यान ट्याङ्की अर्थात् ‘चिलिङ भ्याट’ वितरण गरिएको छ।
पोखरा महानगरपालिका-२५ हेमजास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले एक हजार लिटर क्षमताको चिलिङ भ्याट प्राप्त गरेको हो। कार्यक्रमको ४ लाख २५ हजार रुपैयाँ अनुदान र सहकारीको ७५ हजार रुपैयाँ साझेदारी गरी ट्याङ्की खरिद गरिएको हो।
सहकारीमा आबद्ध १२० जना कृषकबाट दैनिक करिब १ हजार २ सय लिटर दूध सङ्कलन हुने गरेको छ। नयाँ चिलिङ भ्याट सञ्चालनमा आएपछि दूध बिग्रिने समस्या घट्नुका साथै गुणस्तर कायम राख्न, भण्डारण गर्न र बजारसम्म सहज रूपमा पुर्याउन मद्दत पुगेको कृषकहरूको भनाइ छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले चालु आर्थिक वर्षमा कास्कीमा दुई वटा एक हजार लिटर र तीन वटा पाँच सय लिटर क्षमताका चिलिङ भ्याट तथा छ वटा दुग्ध सङ्कलन केन्द्रको सुदृढीकरण मा समेत सहयोग गरेको जनाएको छ।
यसका साथै सिँचाइ, अलैँची खेती विस्तार, च्याउ उत्पादन, गाईभैँसी प्रवर्द्धन तथा विभिन्न कृषि तालिममार्फत कृषिको आधुनिकीकरण र किसानको आय वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!