पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तीव्र, विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तीव्र, विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

 

काठमाडौं - राहदानी विभागमा भएको पासपोर्ट खरिदसम्बन्धी अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च तहका अधिकारीहरूमाथि अनुसन्धान अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रारम्भिक छानबिनपछि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारको जिम्मा लगाइएको उच्च स्रोतले जनाएको छ। उनलाई सोमबार बिहान १० बजे प्रधानमन्त्री कार्यालयमा बोलाई पासपोर्ट खरिदसम्बन्धी फाइलसहित उपस्थित हुन निर्देशन दिइएको थियो।

त्यसै क्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई समेत प्रधानमन्त्री कार्यालय पुगेका थिए। दिनभर फाइल अध्ययन तथा छलफलपछि साँझ अर्याललाई अख्तियारको जिम्मा लगाइएको बताइएको छ।

साँझ करिब ९ बजे अर्यालसँगै राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई समेत आयोगका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि लगिएको स्रोतले जनाएको छ।

अख्तियारले पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

महिला उद्यमशीलता प्रवर्द्धनबारे आज महिला उद्यमी महासङ्घसँग प्रधानमन्त्रीको छलफल
1 हप्ता अगाडि

काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नी ...

छुटाउनुभयो कि ?

TOP