पर्खाल वा काँडेतार द्वारा सीमा सुरक्षा कडा गर्न सांसद आशिका तामाङको माग !

पर्खाल वा काँडेतार द्वारा सीमा सुरक्षा कडा गर्न सांसद आशिका तामाङको माग !

प्रतिनिधिसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सरकारलाई आग्रह गरेकी छन्। उनले सीमाको रक्षा कुनै पनि देशको सार्वभौमिकताको प्रमुख आधार हुने उल्लेख गर्दै राज्यले आफ्नो भूभाग सुरक्षित राख्न नसके राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने बताइन्। आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउनुपर्ने उनको सुझाव थियो। सांसद तामाङले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता संवेदनशील क्षेत्र नेपालको स्वाधीनता र भूभागसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै सरकारले यस विषयमा स्पष्ट कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै उनले सुस्ता लगायतका सीमा क्षेत्रमा लामो समयदेखि समस्या रहँदै आएको उल्लेख गर्दै पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि र स्थानीयमाथि धम्कीका घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन्। सरकारले सीमा विवाद समाधानका लागि छानबिन, कूटनीतिक पहल र दीर्घकालीन रणनीति सार्वजनिक गर्नुपर्ने उनको माग छ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP