काठमाडौं । बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको आरोपमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशीधर शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अघि बढाइएको अनुसन्धानपछि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई सीआईबीले असार ३० गते काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले प्रभु बैंकबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। तर, उक्त कर्जा स्वीकृत उद्देश्यमा प्रयोग नगरी अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहअन्तर्गतका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ।
कर्जा प्रवाहका क्रममा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा लिइएको पनि प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र बैंकले यस घटनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अन्तर्गत कर्जा दुरुपयोगसम्बन्धी कसुर ठहर गर्दै अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी शर्मा विरुद्ध बैंकिङ कसुरसम्बन्धी थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!