रौतहटमा एक २८ वर्षीय युवकले मानसिक तनावका कारण आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भीर रूपमा घाइते भएका हुन्। उनलाई तत्काल उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर रहेपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ। प्रहरीका अनुसार युवकको घाँटीदेखि तलसम्म शरीरको करिब ३१ दशमलव ५ प्रतिशत भाग जलेको छ। हाल उनको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। घटनाको कारण र अन्य विवरण खुलाउने क्रममा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!