बालेनको ‘सीमा विवाद’ अभिव्यक्ति रेकर्डबाट हटाउन माग, संसद्मा हर्क साम्पाङको प्रश्न

बालेनको ‘सीमा विवाद’ अभिव्यक्ति रेकर्डबाट हटाउन माग, संसद्मा हर्क साम्पाङको प्रश्न

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउनुपर्ने माग फेरि संसद्मा उठेको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उक्त अभिव्यक्ति हटाउने विषयमा सभामुखको निर्णय कहिले आउने हो भन्दै प्रश्न उठाए।

उनले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा दिएको जवाफमा नेपालले समेत भारतको जमिन मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउँदै आएका विपक्षी दलहरूको माग पनि स्मरण गराए।

सीमा विवादसँग जोडिएको उक्त अभिव्यक्ति संसदीय रेकर्डमा राख्ने वा हटाउने विषयले संसद्मा निरन्तर राजनीतिक बहस सिर्जना गरिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP