काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारको वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत हुँदैछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम तय भएको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार यो वर्ष पनि सरकार समयमै बजेट ल्याउने तयारीमा छ। बजेट प्रस्तुतिपछि सरकारको आगामी आर्थिक वर्षको नीति, योजना र खर्च संरचना स्पष्ट हुने अपेक्षा गरिएको छ।
यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्मा प्रस्तुत गरेका थिए। त्यसपछि संसद्का दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने प्रक्रिया अघि बढाइएको हो।
यस पटकको बजेटप्रति राजनीतिक वृत्त, निजी क्षेत्र र आम नागरिकको चासो उच्च देखिएको छ। सरकारको नेतृत्व र आर्थिक नीतिमा देखिएका नयाँ प्राथमिकताका कारण बजेटलाई ‘दिशा परिवर्तनकारी’ हुन सक्ने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटको आकार अघिल्ला वर्षहरूको तुलनामा केही ठूलो हुने संकेत छ। विशेषगरी पूर्वाधार, सामाजिक सुरक्षा, रोजगारी सिर्जना र मध्यम वर्ग केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिइने तयारी छ।
संयुक्त संसद् बैठकमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतको उपस्थिति रहनेछ। बजेट प्रस्तुतिपछि संसद्मा विभिन्न दलका नेताहरूले प्रतिक्रिया दिने र विस्तृत छलफल सुरु हुने प्रचलन छ।
बजेटसँगै आगामी वर्षका राजस्व लक्ष्य, विकास खर्च, वैदेशिक सहायता, ऋण व्यवस्थापन तथा आर्थिक सुधारका योजनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ। सरकारले यस बजेटमार्फत आर्थिक वृद्धि, रोजगारी विस्तार र लगानीमैत्री वातावरण निर्माणलाई प्रमुख लक्ष्य बनाएको संकेत गरेको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!