विद्युत् लाइन नकाटी मर्मतको थालनी, लुम्बिनीबाट सुरु भयो नयाँ प्रविधि

विद्युत् लाइन नकाटी मर्मतको थालनी, लुम्बिनीबाट सुरु भयो नयाँ प्रविधि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन नकाटी नै मर्मत सम्भार गर्ने प्रविधिको प्रयोग सुरु गरेको छ। यसको सुरुवात लुम्बिनी प्रादेशिक कार्यालयबाट गरिएको हो।

प्राधिकरणले उपभोक्तालाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत् लाइनमा अत्याधुनिक मर्मत उपकरण प्रयोगमा ल्याएको जनाएको छ।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार नयाँ प्रविधिको प्रयोगबाट मर्मतका क्रममा विद्युत् सेवा अवरुद्ध गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। उनले उपभोक्तालाई सहज र भरपर्दो विद्युत् सेवा प्रदान गर्न यस प्रविधि प्रभावकारी हुने बताए।

यस्तै, नेपाल विद्युत् प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यसको प्रभावकारिताका आधारमा आगामी दिनमा सहरी क्षेत्रमा नियमित मर्मत सम्भारका लागि समेत यो प्रविधि विस्तार गरिने जानकारी दिए।

प्राधिकरणको यो कदमले मर्मतका कारण हुने विद्युत् कटौती घटाउने तथा उपभोक्तालाई निरन्तर विद्युत् सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP