काठमाडौं । सरकारी स्वामित्वमा रहने नेपाल ट्रष्ट को करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको र सयौँ रोपनी जग्गा अझै निजी प्रयोगमा रहेको खुलासा भएको छ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले ट्रष्टको सम्पत्ति ऐनविपरीत रूपमा व्यक्तिको नाममा दर्ता भएको देखाएको छ। प्रतिवेदनअनुसार २०६४ भदौ २६ गतेको मन्त्रिपरिषद् निर्णयको आधारमा काठमाडौंका विभिन्न स्थानमा रहेको ट्रष्टको करिब १७२ रोपनी १५ आना जग्गा मोही तथा उनीहरूको हकवालाको नाममा नामसारी गरिएको पाइएको छ।
मालपोत कार्यालय कलंकीमार्फत मातातीर्थ, थानकोट, सतुंगल र इचंगु क्षेत्रमा रहेको ट्रष्टको जग्गा व्यक्तिका नाममा गएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, बालाजु, स्वयम्भू, शेषनारायण र थानकोटलगायत ११ स्थानमा रहेको करिब ४०४ रोपनी ६ आना जग्गा अझै मोहीहरूले खेतीपाती गर्दै निजी रूपमा प्रयोग गरिरहेको देखिएको छ। केही स्थानमा निजी विद्यालयसमेत ट्रष्टकै जग्गामा सञ्चालनमा रहेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनमा काठमाडौं बाइपास क्षेत्रमा १२२ रोपनी १० आना १ पैसा ३ दाम, धादिङ धुनीबेसीमा १५ हजार १०१ रोपनीभन्दा बढी, ललितपुर गोदावरीमा ८ रोपनीभन्दा बढी, र सिन्धुपाल्चोक पाँचपोखरी क्षेत्रमा २७ रोपनीभन्दा बढी जग्गा अझै सीमांकन, संरक्षण र प्रभावकारी व्यवस्थापन बिना रहेको उल्लेख छ।
महालेखाले ट्रष्टको सम्पत्ति संरक्षण र कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने विषयमा तत्काल छानबिन र कारबाही आवश्यक रहेको सुझाव दिएको छ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!