इरानको घोषणा: हर्मुज जलमार्ग बन्द, पूर्ण नियन्त्रण कायम

इरानको घोषणा: हर्मुज जलमार्ग बन्द, पूर्ण नियन्त्रण कायम

काठमाडौँ ।इरानले विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिने होर्मुज जलमार्ग बन्द गरेको घोषणा गर्दै त्यसमा पूर्ण नियन्त्रण कायम गरिएको जनाएको छ। अमेरिकी नौसैनिक नाकाबन्दीको प्रतिकारस्वरूप यस्तो कदम चालिएको इरानी पक्षको भनाइ छ।

इरानी सैन्य अधिकारीहरूका अनुसार जलमार्ग अहिले “पूर्ण रूपमा सशस्त्र निगरानी र नियन्त्रणमा” राखिएको छ। सो क्षेत्रमा विदेशी जहाजहरूको आवागमनमा कडाइ गरिएको छ भने कुनै पनि गतिविधि नजिकबाट अनुगमन भइरहेको दाबी गरिएको छ।

होर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको मुख्य नाकाका रूपमा चिनिन्छ, जहाँबाट दैनिक रूपमा ठूलो परिमाणमा कच्चा तेल ओसारपसार हुन्छ। यस्तो अवस्थामा जलमार्ग बन्द गरिनुले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुने र मूल्यमा अस्थिरता आउने सम्भावना बढेको छ।

यस कदमपछि मध्यपूर्व क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। विभिन्न अन्तर्राष्ट्रिय शक्तिहरूले जलमार्ग तत्काल खुला गर्न आग्रह गरिरहेका छन् भने कूटनीतिक पहल तीव्र पारिएको छ।

विश्लेषकहरूका अनुसार इरान–अमेरिका तनाव चर्किँदै जाँदा सानो घटनाले पनि ठूलो क्षेत्रीय वा अन्तर्राष्ट्रिय संकट निम्त्याउन सक्ने जोखिम बढेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग
2 हप्ता अगाडि

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि ...

छुटाउनुभयो कि ?

TOP