काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भयो ।
उसका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । माइकल इङग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए भने जर्स मुन्सीले २१ र मार्क वाटले २० रन जोडे ।
बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एक,एक विकेट लिए ।
संवाददाता
- २०८३-०२-०४
10 घण्टा अगाडि
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभाप
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!