वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ, कारण खुलाइएन

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ, कारण खुलाइएन

बिरगंज ।मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं लाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई वीरगञ्जस्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो । पक्राउका क्रममा ‘माथिको आदेश’ रहेको बताइए पनि कुन कसुरमा नियन्त्रणमा लिइएको हो भन्नेबारे खुलाइएको छैन ।

प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार हुने कार्यक्रमका लागि पुगेका उनलाई कार्यक्रमअघि नै प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । पक्राउपछि राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP