अमेरिका–इरान वार्ता फेरि सुरु हुने संकेत

अमेरिका–इरान वार्ता फेरि सुरु हुने संकेत

काठमाडौँ ।डोनाल्ड ट्रम्प ले इरानसँगको तनावबीच फेरि कूटनीतिक बाटो खुल्ने संकेत दिएका छन्। पछिल्लो अभिव्यक्तिमा उनले अमेरिका–इरानबीच छिट्टै वार्ता पुनः सुरु हुन सक्ने बताएका हुन्।

अमेरिकाले इरानको परमाणु कार्यक्रम पूर्णरूपमा रोक्नुपर्ने अडान राख्दै आएको छ भने इरान भने आफ्नो आणविक कार्यक्रमलाई शान्तिपूर्ण भन्दै त्यसमा सम्झौता नगर्ने पक्षमा देखिएको छ। यही विषय अहिले दुवै देशबीचको मुख्य विवाद बनेको छ।

राजनीतिक तथा कूटनीतिक विश्लेषकहरूका अनुसार, पछिल्ला सैन्य तनावका बाबजुद वार्ताको संकेत आउनु क्षेत्रीय स्थायित्वका लागि सकारात्मक संकेत मानिएको छ। तर दुवै पक्ष आ–आफ्नो अडानमा कडा रूपमा उभिएकाले वार्ता सफल हुने वा नहुने विषय अझै अनिश्चित रहेको उनीहरूको भनाइ छ।

यद्यपि, अन्तर्राष्ट्रिय समुदायले भने दुवै देशलाई संयमता अपनाउँदै संवादमार्फत समाधान खोज्न दबाब दिइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सदनप्रति सरकारलाई जिम्मेवार बनाउन एमालेको आग्रह
2 हप्ता अगाडि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले सदनप्रति सरकारलाई जिम्मेवार ...

छुटाउनुभयो कि ?

TOP