टोखा नगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति आवेदन खुला गर्‍यो

टोखा नगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति आवेदन खुला गर्‍यो

काठमाडौं । टोखा नगरपालिकाले आफ्ना शैक्षिक संस्थानहरूमा कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने जनाएको छ। इच्छुक विद्यार्थीहरूले अनलाइन आवेदन फाराम भर्न सक्ने सूचना प्रकाशित गरिएको छ।

अनलाइन आवेदन फाराम scholarship.tokhamun.gov.np मार्फत भर्न सकिनेछ। आवेदन प्रक्रिया जेठ १ गते बिहान १० बजेबाट सुरु हुने छ भने फाराम भर्ने अन्तिम मिति १५ जेठ राति १२ बजे तोकिएको छ।

छात्रवृत्ति परीक्षा जेठ २३ गते शनिवार बिहान ८ बजे सञ्चालन हुनेछ। परीक्षा हुने स्थान भने पछि जानकारी गराइनेछ। परीक्षा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पीय प्रश्नबाट हुनेछ, जसमा विज्ञान, अंग्रेजी, गणित र सामान्य ज्ञान समावेश छन्।

नगरपालिकाले विस्तृत जानकारीका लागि आफ्नो वेबसाइट वा शिक्षा, युवा तथा खेलकुद शाखासँग सम्पर्क गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमले खोजेको समृद्धि
11 घण्टा अगाडि

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ग ...

छुटाउनुभयो कि ?

TOP