काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री माननीय सुनिल लम्सालको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३४औँ बैठक सम्पन्न भएको छ। बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ।
स्वीकृत कार्ययोजनाअनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण देशभर करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जना प्रभावित हुने अनुमान गरिएको छ।
कार्ययोजनामा मनसुन पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित जिम्मेवार निकाय, उनीहरूको प्रमुख जिम्मेवारी, सम्पर्क व्यक्ति तथा खोज, उद्धार र राहतका लागि आवश्यक अत्यावश्यक सामग्रीको विवरण समावेश गरिएको छ।
बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ। साथै ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’, ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ तथा ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’ का केही बुँदामा संशोधन गर्दै स्वीकृति दिएको छ।
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!