काठमाडौं । नेपाल राष्ट्र बैंक ले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न आज (बुधबार) ४० अर्ब रुपैयाँ खिच्ने भएको छ
राष्ट्र बैंकले ५६ दिन अवधिको लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम खिच्न लागेको हो। यसका लागि आजै बोलकबोल (बिडिङ) प्रक्रिया सञ्चालन हुनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्नुपर्नेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरू मात्र सहभागी हुन पाउनेछन्।
बजारमा अत्यधिक तरलता हुँदा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्ता उपकरण प्रयोग गर्दै आएको छ। यस योजनाअनुसार उठाइएको रकमको साँवा र ब्याज भुक्तानी आगामी जेठ २७ गते गरिनेछ।
ब्याजदर भने बैंकहरूले गर्ने प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि माथि, पाँच करोडका गुणकमा रकम प्रस्ताव गर्न सक्ने व्यवस्था गरिएको छ।
यो कदमले बैंकिङ प्रणालीमा रहेको बढी नगदलाई तान्दै ब्याजदर र वित्तीय स्थायित्व नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले सदनप्रति सरकारलाई जिम्मेवार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!