काठमाडौ ।काठमाडौँमा सम्पन्न "छैटौँ नेपाल ब्राइडल मेकअप कम्पिटिसन २०८२ "मा बाग्लुङकी चन्द्रकला छन्त्याल लामा प्रथम हुँदै ताज पहिरिन सफल भएकी छन्। कडा प्रतिस्पर्धाबीच उनले मेडल, क्राउन, नगद १० हजार रुपैयाँ, विभिन्न कुपन तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन्।
प्रतियोगितामा बर्दिबासकी अञ्जली बस्याल फस्ट रनरअप र सर्लाहीकी सुजाता श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए। फस्ट रनरअप बस्यालले नगद ८ हजार रुपैयाँ तथा सेकेन्ड रनरअप श्रेष्ठले नगद ५ हजार रुपैयाँसहित मेडल, क्राउन, कुपन र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे।
अन्य विधातर्फ सानेपाकी निलम कोर ‘बेस्ट हेयर’, ज्योति बस्नेत ‘बेस्ट फोटोजेनिक’ र रामेछापकी सरस्वती खत्री ‘बेस्ट कन्फिडेन्ट’ घोषित भए। उनीहरूले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।
गंगबु ब्यूटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र मङलादेबी फाउन्डेसन द्वारा काठमाडौँमा आयोजित उक्त प्रतियोगिताको फाइनल राउन्डमा १० जना प्रतिस्पर्धी छनोट गरिएका थिए। उपत्यका लगायत विभिन्न जिल्लाबाट आएका प्रतिस्पर्धीहरूबीच तीव्र प्रतिस्पर्धा भएको थियो।
अन्तिम चरणमा अप्सरा बिक, अञ्जली बस्याल, सलिना रञ्जितकार, सुजाता श्रेष्ठ, चन्द्रकला छन्त्याल लामा, लिला कुमारी मगर, पिन्की शाह, निलम कोर, ज्योति बस्नेत र सरस्वती खत्रीबीच प्रतिस्पर्धा भएको हो।
प्रतियोगिताको निर्णायक मण्डलमा सौन्दर्यकला व्यवसायी संघ नेपाल ललितपुरकी उपाध्यक्ष सीता अर्याल, वरिष्ठ मेकअप आर्टिस्ट श्रीजा श्रेष्ठ तथा फोटो पसलका प्रोडक्सन हेड रिकेश श्रेष्ठ रहेका थिए।
कार्यक्रममा ज्ञानु महर्जनले सभाअध्यक्षता ग्रहण गरेकी थिइन् भने मंगलादेवी फाउन्डेसन नेपालकी अध्यक्ष श्रीजना श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रमबीच ‘सस्कृति ब्रान्ड’ले नेवारी धुन प्रस्तुत गरी मनोरञ्जन दिएको थियो। एक खुट्टाले नृत्य गरेर संसारलाई अचम्मित पारेकी रोमा न्यौपाने मोडलको रूपमा सहभागी हुँदै आफ्नो छोटो नृत्य प्रस्तुति दिएकी थिइन्।
सञ्चारकर्मी तथा गायिका बिष्णुमाया पौडेलले कार्यक्रमलाई उत्कृष्ट ढंगले सञ्चालन गरेकी थिइन्।
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलाम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!