काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले आफूलाई स्मार्ट टेलिकमको कथित ३० अर्ब ठगी प्रकरणसँग जोडेर प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउँदै आरोप पुष्टि गर्न खुला चुनौती दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोलेका खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक र आधारहीन समाचार फैलाइएको दाबी गरे।
उनले आफू स्मार्ट टेलिकम प्रकरणसँग कुनै पनि रूपमा संलग्न नरहेको स्पष्ट पार्दै उक्त विषयमा कुनै बैठक, फाइल पारित वा सम्बन्धित निकायसँग छलफलसमेत नगरेको जिकिर गरे।“मलाई स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडेर ‘सुटुक्क स्वीट्जरल्याण्ड भागे’ भनेर समाचार लेखियो। यस्तो निरर्थक, भ्रामक र स्तरहीन सामग्रीले मेरो मान-सम्मान, राजनीतिक जीवन, संसद् र पार्टीको छविमाथि आघात पुगेको छ,” उनले संसद्मा भने।
खरेलले समाचार प्रकाशन गर्ने पक्षलाई प्रमाण पेश गर्न चुनौती दिँदै प्रमाणित गर्न नसके पत्रकारिताबाटै बिदा लिन सक्ने हिम्मत छ कि भनेर प्रश्नसमेत गरे।उनले अझै कठोर अडान राख्दै भने, “यदि स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ गरेको, फाइल पारित गरेको वा कुनै निकायसँग संलग्नता देखिने प्रमाण भेटियो भने म सधैंका लागि राजनीतिक जीवनबाट बिदा लिन तयार छु।” उनको यो अभिव्यक्तिपछि संसद्मा केही समय राजनीतिक तरंगसमेत पैदा भएको थियो।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!