काठमाडौं ।टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान गर्ने TK726 विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको छ। विमानको चक्कामा अचानक आगो लागेपछि विमानस्थल क्षेत्रमा केही समय त्रास फैलिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल का अनुसार बिहान करिब पौने ७ बजे अवतरणका क्रममा विमानको चक्काबाट आगो निस्किएको थियो। आगलागीपछि विमान धावनमार्गमै रोकिएको थियो भने तत्काल दमकल परिचालन गरेर आगो नियन्त्रणमा लिइएको हो।
विमानमा सवार चार बच्चासहित २७७ यात्रुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित उद्धार गरिएको क्यानले जनाएको छ। उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन्।
प्राधिकरणका अनुसार विमानभित्र केही शव तथा यात्रुका सामानहरू पनि रहेको बताइएको छ। आगलागीको वास्तविक कारणबारे प्राविधिक अनुसन्धान सुरु गरिएको छ।
घटनापछि विमान धावनमार्गमै अड्किएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण सेवा प्रभावित भएको छ। विशेषगरी ठूला अन्तर्राष्ट्रिय जहाजहरूको नियमित तालिकामा असर परेको जनाइएको छ।
घटनापछि विमानस्थल क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने प्राविधिक टोलीले विमान हटाउने प्रयास जारी राखेको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!