काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८४५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं।सशस्त्र प्रहरी बल नेपालमा नेतृत्व हस्तान्तरण गरिएको छ। सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!