काठमाडौं।सशस्त्र प्रहरी बल नेपालमा नेतृत्व हस्तान्तरण गरिएको छ। सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लाई फौजी परम्परा अनुसार सम्मानपूर्वक बिदाई गरिएको छ भने नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेल लाई संगठन प्रमुखको जिम्मेवारी दिइएको छ।
बैशाख १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक, स्वयम्भूमा आयोजित विशेष समारोहमा अर्यालले पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरे।
सो अवसरमा नवनियुक्त महानिरीक्षक पौडेलले अर्याललाई मायाको चिनो प्रदान गर्दै हार्दिक बिदाई गरे। साथै सशस्त्र प्रहरी परिवार महिला संघतर्फ अध्यक्ष अनिता लामिछाने अर्याललाई उपाध्यक्ष सावित्रा कुमारी पौडेलले फुलमालासहित बिदाई गरिन्।
समारोहलाई सम्बोधन गर्दै निवर्तमान महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले संगठनलाई परिवारका रूपमा लिएर अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको मूल्य सिक्ने अवसर पाएको बताए।
अर्यालले संगठन सुधार निरन्तर चलिरहने प्रक्रिया भएको बताए। उनले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै कर्मचारीहरूको हितलाई प्राथमिकतामा राखेर काम गरेको बताए। साथै सशस्त्र प्रहरीको बर्दीलाई सज्जनका लागि भरोसा र अपराधीका लागि डरको प्रतीक बनाउनुपर्ने बताए।
त्यस्तै नवनियुक्त महानिरीक्षक पौडेलले राष्ट्र सेवामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताए। उनले अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि संगठनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।
पौडेलले सशस्त्र प्रहरीलाई आधुनिक, सक्षम, व्यवसायिक र जनउत्तरदायी संगठनका रूपमा अघि बढाउने बताए। उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई अझ सुदृढ गर्दै संस्थागत विकासमा जोड दिने बताए।
“जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ,” उनले भने।
समारोहमा अवकाशप्राप्त महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ तथा कनिष्ठ अधिकृत र जवानहरूको उपस्थिति रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!